प्रधानमन्त्री सुशीला कार्कीसँग मंगलबार भएको छलफलका क्रममा विभिन्न दलका नेताहरूले सुरक्षाको वातावरण बनाउन आग्रह गरेका छन्।छलफलका क्रममा नेताहरूले आगामी फागुन २१ गते भयरहीत वातावरणमा चुनाव हुनेमा आशंका व्यक्त गरेका थिए।बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीका भावना समेत समेटेर छलफललाई निरन्तरता दिनुपर्ने बताए।‘राजनीतिक दलसँगको परामर्शमा यो सरकार बनेको छ। सुरक्षाको प्रत्याभूति गराएर, दलसँग निरन्तर संवाद गरोस्’ उनले भने, ‘जेनजीको भावना पनि कदर गर्दै उनीहरुसँग पनि छलफल
Posted inSamachar
प्रधानमन्त्रीसँगको छलफलमा नेताहरूले के भने?

