सुनसरीको विराटनगर महानगरपालिका-४, दुधफारम चोकमा चेकजाँचका लागि राेकिएकाे ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाकाे मृत्यु भएको छ।बुधबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो।प्रहरीका अनुसार, राति साढे ८ बजेतिर प्रहरीले प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रक रोकेर चेकजाँच गरिरहेको थियो। त्यही बेला हुइँकिएर आएको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोकिएको हो।&
Posted inSamachar
प्रहरीले रोकेको ट्रकपछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

