फेसबुक लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने मेटाले नेपालमा दर्ताबारे चासो देखाएको छ।दर्ता नगरेको भन्दै सरकारले फेसबुकसहितका २६ समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन मेटाका कर्मचारीले सञ्चार मन्त्रालयमा दर्ताबारे सोधखोज गरेका हुन्। मेटाका कर्मचारीले अनौपचारिकरुपमा दर्ताका लागि चाहिने विवरणबारे चासो राखेपछि आफूहरुले विवरण पठाएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नेपालखबरलाई जानकारी दिए।‘मेटाका कर्मचारीले अनौपचारिकरुपमा दर्ताका लागि चाहिने विवरणबारे चासो राख्
Posted inSamachar
फेसबुक दर्ताबारे मेटाका प्रतिनिधिले देखाए चासो, सरकारले पठायो विवरण

