नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण आज (भदौ १, आइतबार) पनि देशका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका तराई र पहाड भूभाग तथा बाँकी
Posted inSamachar
बंगाल खाडीको जलवाष्पयुक्त हावा नेपालमा, यी स्थानमा भारी वर्षाको सम्भावना

