काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) १० डिग्री सेल्सियसबाट तल झरेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको हो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।
Posted inSamachar
बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झर्यो

