काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा आज (मंगलबार) घटेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो। हिजो सोमबार यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:५ बजे अपडेट गरिनेछ।
Posted inSamachar
बढ्यो जाडो, घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

