राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ। बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पुर्याइएको छ। ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्याइसकिएको नेपालखबरलाई जानकारी दिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। सहकारीका बचतकर्ताको रकम हिनामि
Posted inSamachar
बयान लिन रवि लामिछानेलाई सिंहदरबारमा पुर्याइयो

