काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ फुटबल ग्राउण्डस्थित सडकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय दिलबहादुर श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Posted inSamachar
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

