सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। उनीहरूलाई जनही ८ वर्षका दरले कैद तोकिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो। उनीहरूलाई जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ
Posted inSamachar
बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड असुल गर्ने फैसला

