बागलुङमा क्याम्पसको भ्यान दुर्घटना हुँदा सातजना विद्यार्थी घाइते भएका छन्। आज बिहान गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा भ्यान दुर्घटनामा परेको हो। हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी सवार भ्यान सडकबाट तल खसेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भ्यान चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्री, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा छन्। घ
Posted inSamachar
बागलुङमा क्याम्पसका विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते

