आज बाजुरामा भएको जिप दुर्घटनामा घाइते थप एक यात्रुको पनि मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएकी हिमाली गाउँपालिका- ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। जिपमा सवार १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकाया छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अरु तीन जना घाइतेको अवस्था सा
Posted inSamachar
बाजुरा दुर्घटना: अर्का घाइतेको पनि मृत्यु, १३ जनाको अवस्था गम्भीर

