काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ। जेन जीको प्रदर्शनपछि दिनभर तनावग्रस्त रहेको बानेश्वर क्षेत्र अहिले सेनाले नियन्त्रणमा लिएको हो। अहिले सडक खाली छ।नयाँ बानेश्वर चोक र त्यसआसपासको मुल सडक क्षेत्र अहिले सुनसान जस्तै छ। सडकमा अहिले हतियारसहितका सेना परिचालन गरिएको छ।त्यस्तै बानेश्वर क्षेत्रका भित्र गल्लीमा लुकेका प्रदर्शनकारीहरूलाई प्रहरीले लाठीले हान्दै लखेटिरहेको छ।
Posted inSamachar
बानेश्वर क्षेत्रको सडक सेनाको नियन्त्रणमा

