प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेर प्रहरीलाई ढुंगामुडा गर्दै खोलैखोला लखेट्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीमा आक्रमण गर्ने गौतम घिसिङलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका ३२ बस्ने गौतम घिसिङ छन्। उनीविरुद्ध यसअघि ०७९ असोज ४ गते र माघ १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसुरमा मुद्दा दर्ता भएको पाइएको छ। उनी यो मुद्दामा फरार रहँदै आएका थिए। &
Posted inSamachar
बानेश्वर वृत्तमा कागजनी गरेर प्रहरीलाई खोलैखोला लखेट्ने एक जना पक्राउ

