काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले आफूलाई जति रिस गरे पनि माया गर्न छाड्दिनँ भनेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जवाफ फर्काएका छन्।साम्पाङले बालेनलाई विदेशीको कठपुतली बनेको आरोप लगाउँदै लभको कुरा गरेको भनी कटाक्ष गरेका हुन्। मेयर साम्पाङले एक्समा लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार! विदेशीको कठपुतली बनेर रमाइलो गर्दै लभको कुरा! मुखमा राम राम बगलीमा बम्फक! कठै… मुतको न्यानोमा जुनी बिताउनेहरूको कमी छैन फेरि…।’
Posted inSamachar
बालेनलाई हर्कको जवाफ: ‘मुखमा राम राम बगलीमा बम्फक’

