जीवन बिमा कम्पनीहरुले बिमाकोषबाट सेयरबजारमा खर्ब रुपैयाँभन्दा बढी लगानी गर्न पाउने भएका छन्।नेपाल बिमा प्राधिकरणले लगानीसम्बन्धी नयाँ निर्देशन जारी गर्दै जीवन बिमा कोषको १५ प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको हो।प्राधिकरणले बिमकको लगानीसम्बन्धी निर्देशन, २०८२ जारी गर्दै नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको संस्थापक वा साधारण सेयरमा कुल लगानीको १५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था गरेको छ। यसअघि जीवन बिमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे
ALSO READ 'नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनेर विश्वास गर्न सकिँदैन'

