झापाको बिर्तामोड नगरपालिका–७ स्थित बिरानमा मंगलबार बिहान आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएका छन्।बिहान ४:३० बजेतिर केशव प्रसाद चाम्लिङको टिनको छानो भएको दुईतले गोठमा विद्युत् सर्ट भई आगलागी भएको हो।आगो फैलिँदै जाँदा नजिकै रहेको उनको काठले बनेको दुईतले घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि स्थानीय प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयले संयुक्त रूपमा प्रयास गरेका थिए।आगो ५:५० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला
Posted inSamachar
बिर्तामोडमा आगलागी हुँदा गोठ र घर जले

