बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाउने निर
Posted inSamachar
बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

