गत वर्षको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपत्कालीन पुनर्निर्माणका लागि जापानले आर्थिक सहयोग गर्ने भएको छ।काठमाडौंलाई पूर्वी पहाड र तराई जोड्ने छोटो राजमार्ग पुनर्निर्माणका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले दिने २.८ अर्ब जापानी येन (२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गत साल असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गलाई क्षतिग्रस्त बनाएको थियो। उक्त राजमार
Posted inSamachar
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानले साढे २ अर्ब अनुदान दिने

