आफ्नै बुबा ६० वर्षीय सबिब अंसारीको हत्या गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।जग्गाको विषयलाई लिएर बादविवाद हुँदा मोहम्मदले छुरा प्रहार गर्दा सबिब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Posted inSamachar
बुबाको हत्या अभियोगमा छोरा पक्राउ

