पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मङ्गलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए।&n
Posted inSamachar
बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

