बेमौसमी वर्षाले बागमती प्रदेशमा १२ हजार टन भन्दा बढी धान नष्ट भएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार गत असोज र कात्तिकमा परेको बेमौसमी वर्षाका कारण प्रदेशभर १२ हजार २१४.२६ टन धान नष्ट भएको हो। भित्र्याउने बेलाकोे धानमा क्षति पुग्दा यस वर्ष उत्पादन घट्ने देखिन्छ।मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार १८ देखि २० असोजसम्मको अविरल वर्षा र त्यसपछिको मोन्था चक्रवातका कारण परेको वर्षा तथा डुबानले प्रदेशका १० जिल्लामा ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ। त्यसमध्ये
Posted inSamachar
बेमौसमी वर्षाले बागमतीमा १२ हजार टन धान क्षति

