नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० निक्षेप तान्ने भएको छ। निक्षेप संकलन बोलकबोलमार्फत उक्त परिमाणको रकम तान्नलागेको हो। अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकमको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।
Posted inSamachar
बैंक तथा वित्तीय संस्थाहरुबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

