साविक विजेता जनकपुर बोल्टसका कप्तान अनिल साहले अहिलेसम्म ब्याटिङ नचल्दा जित्न नसकिएको बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले लगातार तीन खेल हारेको छ। बिहीबारको तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग जनकपुरलाई २५ रनले पराजित भएको छ। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै साहले हरेक खेलका लागि नयाँ योजना बनाए पनि काम नगरेको बताए। ‘सुरुदेखि नै ब्याटिङ चलेको छैन। फरक फरक योजना त बनाइरहेका छौं, तर वर्क गरिराखेको छैन,’ उनले भने। अहिलेसम्म खेलेका तीनै खेलमा
Posted inSamachar
ब्याटिङ नचल्दा जित्न सकिएको छैन : अनिल साह

