भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका-८ र ९ बोदेको ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिकविधि विधानयुक्त मल्लकालीन निलबाराही द्यो प्याखँ अर्थात् निलबाराही गणनाच आज रातिदेखि सुरु हुने भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात भाद्र कृष्ण द्वितिया देखि पञ्चमीसम्म चार रात, चारदिन प्रदर्शन गरिने यो प्याखँ बोदेको नारायणथान लाछीबाट सुरु हुन्छ।बोदे द्यो प्याखँलेसमेत परिचित यो नाचको देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्धारपाल दुई र गणेश चार गरी १९ जनाको समूह हुन्छ । देवगणका जोकल (सहयोगी) र बाद्यबा
Posted inSamachar
भक्तपुरमा निलबाराही गणनाच

