भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-८ इटभुचोकमा मंगलबार बिहान सवा ११ बजेतिर काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुर यातयातको बसले ठक्कर दिँदा पदैलयात्री महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई हाल भक्तपुरको आदर्श बस्दे आएकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठ रहेकी प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। सडक क्रस गर्ने क्रममा बसले ठक्कर दिदाँ गम्भीर घाइते भएकी श
Posted inSamachar
भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

