यस बखतको रगत कल्पनाभन्दा पर थियो। हामीले लास ओछ्यायर र रगतका भेल बगाएर जसलाई यो देशको शासन सत्ता सुम्पियौँ, उनैले थप रगतको माग गर्नेछन् भन्ने अनुमानसम्म गरिएन। कुनै चेतावनीबिनै सरकारले युवाहरूको ज्यान लिने उदेश्यले गोलीबारी होला, भौतिक संरचनाहरु निसानामा पर्नेछन्, लुटपाट र आगजनीको आँधी सहित एक हुल वितण्डा मच्चाउन आउने छ भन्ने पनि कल्पना गरिएन।भदौ २३ को बल प्रयोगको चरित्र पनि सुरुमै असामान्य र अस्वाभाविक बन्यो। एकै दिन १९ जना मानिसको ज्यान जानु सामान्य घटना थिएन। त्यस दिनको दृश्य भयावह थियो। टाउक
Posted inSamachar
भदौमा बगेको रगत भेल र जेन-जीलाई पनि प्रयोग गरिने खतरा

