परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आइपुग्ने भएका छन्।भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन्। उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ।
Posted inSamachar
भारतका विदेश सचिव भोलि आउँदै

