भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ।सल्यानको कुमाख गाउँपालिका- ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए। हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख- ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। दुर्घटनामा नवराज शाही र हिमबह
Posted inSamachar
भारतको सिमलामा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृत्यु, २ घाइते

