भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस ‘ए’ मोहम्मदका सदस्य बिहार प्रवेश गरेको दाबी गरेका तीनै जना पाकिस्तानी नागरिक मलेसिया फर्किएको पुष्टि भएको छ। दुबईबाट एकसाथ काठमाडौँ आएका उनीहरू यहाँबाट छुट्टाछुट्टै मितिमा मलेसिया फर्किएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पुष्टि गरे। ‘हाम्रो अध्यागमनको रेकर्डमा उनीहरुको कुनै पनि कैफियत देखिएन। तर विवरण सार्वजनिक भएका व्यक्तिहरू नेपाल आएर फर्किइसकेको देखियो’, महानिर्देशक तिवारीले नेपालखबरसँग भने,
Posted inSamachar
भारतले आतंकवादी भन्दै नेपालबाट बिहार प्रवेश गरेको दाबी गरेका ३ पाकिस्तानी फर्किए मलेसिया

