काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ। वर्षाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फका उडान प्रभावित भएको विमानस्थलका महानिर्देशक हंसराज पाण्डेले जानकारी दिए। 'आज पानी धेरै पर्यो। उडान अवरुद्ध हुने, सञ्चालन हुने भइरहेको छ। आज दुईपटक जहाज होल्ड भइसक्यो' उनले भने। वर्षाका कारण विदेशबाट नेपाल आएका जहाजहरू आकाशमै होल्ड भइरहेका छन्। विराटनगर, भरतपुर, पोखरालगायत विमानस्थलबाट काठमाडौँ आउने जहाजहरू उतै रोकिएका छन्। &n
Posted inSamachar
भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

