भियतनाममा खराब मौसमका कारण शनिबार एउटा पर्यटकीय डुंगा पल्टिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।देशको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको दुर्घटनामा कम्तीमा १४ जना बेपत्ता पनि भएको बताइएको छ।धेरैजसो यात्रु हनोईबाट आएका भियतनामी नागरिक रहेको उल्लेख गरिएको छ। उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ताहरूको खोजी गर्न गाह्रो भइरहेको बताएका छन्।
Posted inSamachar
भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

