भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा सोमबार साँझ बम विस्फोट गराउनेहरूलाई नछाडिने बताएका छन्।भ्रमणका लागि भुटान पुगेका प्रधानमन्त्री मोदीले आफू भारी मन लिएर भुटान आएको बताएका छन्।उनले भने, ‘दिल्लीमा हिजो साँझ भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म पीडित परिवारहरूको पीडा बुझ्छु। आज सिंगो राष्ट्र उनीहरूको साथमा उभिएको छ।’‘म हिजो रातभरि यस घटनाको अनुसन्धानमा संलग्न सबै एजेन्सीहरूसँग र सबै महत्त्वपूर्ण व्यक्तिहरूसँग सम्पर्कमा थिएँ। छलफल जारी थियो।
Posted inSamachar
भुटान पुगेर मोदीले भने : दिल्लीमा विस्फोट गराउनेहरूलाई छाडिन्न

