ओखलढुंगाबाट भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक हिलोमा फस्दा सिन्धुलीमा मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध भएको छ। शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका- ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो। ओखलढुंगाबाट ११ वटा भैैसी लिएर काठमाडौँ आउँदै गरेको ना.७ ख ७८९० नम्बरको ६ चक्के ट्रक सडकको हिलो र लेदोमा फस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।सडक अवरुद्ध हुँदा ओखलढुंगा, खोटाड, सोलुखुम्बुसहितका जिल्लाबाट काठमाडौँ र तराईतर्फ हिँडेका सानाठूला दर्जनौँ सव
Posted inSamachar
भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक अकरेभिरको हिलोमा फस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

