गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। जसअनुसार भोजपुरमा शिवलाल तिवारी र चितवनमा गणेश अर्याललाई खटाइएको छ। यसअघि भोजपुरमा बाबुराम गौतमलाई सरुवा गरिएको थियो। तर, गृहले उनी जानै नपाउँदै त्यस ठाउँमा तिवारीलाई पठाएको हो। चितवन भने केही समययता सीडीओविहीन थियो।
Posted inSamachar
भोजपुरको सीडीओमा गौतम जान नपाउँदै तिवारीलाई खटाइयो, चितवनमा अर्याल

