मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे छ।बिहीबार बिहान भएको भेटमा भारतीय प्रतिनिधिमण्डलले मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति विभिन्न सुझाव दिएका छन्।भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। रासस
Posted inSamachar
मधेसका मुख्यमन्त्री र भारतीय प्रतिनिधिमण्डलबीचको भेटमा भूमिगत जल सम्बन्धि छलफल

