मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल मन्त्रिपरिषद् विस्तारको गृहकार्यका लागि यतिबेला काठमाडौँमा छन्। बिहीबार मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गरेका सोनल शनिबार बिहान काठमाडौँ आएका हुन्। लोसपाका नेता सोनल पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा शपथ गरेकै दिन जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्री नियुक्त गरेका सोनलले अहिलेसम्म मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धनमा सहभागी दलहरुबीच मन्त्रालय भागब
Posted inSamachar
मधेसमा मन्त्रिपरिषद् विस्तारको छलफलका लागि मुख्यमन्त्री सोनल काठमाडौँमा

