मधेस प्रदेश सरकार गठन विरूद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ।सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ। मधेस सरकार गठन विरुद्ध रकीप्रसाद साह र अर्जुन साहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको मधेसको सरकार असंवैधानिक भएको रिटमा दाबी गरिएको छ। रिटमा मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश माग गरिएको छ। रिटमा मधेस प्रदेश प्रमुखको
Posted inSamachar
मधेस सरकार गठन विरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

