मनराम–एसकाज पत्रकारिता २०८२ पुरस्कार सङ्खुवासभाका वरिष्ठ पत्रकार तथा गोरखापत्र संस्थानका पूर्वअध्यक्ष गोविन्द पोखरेललाई दिने निर्णय भएको छ। मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। पोखरेल सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार घर भई हाल काठमाडौँ बस्दै आएका छन्। रु ५० हजार राशिको पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई प्रदान गरिने निर्णय भएको सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसोसिएशनका अध्यक्ष शङ्कर खनालले बताए।
Posted inSamachar
मनराम-एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई

