पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमा सक्रिय हुनेगरी निकै अगाडि बढिसकेको बताएकी छन्। मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तासमेत रहेका सांसद मनीष झासँग आफ्नै निवासमा भेट गर्दै भण्डारीले आफू पार्टी राजनीतिमा पछि फर्किने अवस्थामा नरहेको बताएकी हुन्। भेटपछि नेपालखबरसँग कुरा गर्दै झाले पूर्वराष्ट्रपतिले विभिन्न ५ विषयमा केन्द्रित रहेर कुरा गरेको जानकारी दिए।‘उहाँले नयाँ पुस्ताको राजनीतिको अभ्यास जुन भइराखेको छ, त्यसप्रति मेरो सद्भाव छ, उच्च आदर छ भनेर भन्नुभयो,’ झाल
Posted inSamachar
मनीष झासँग पूर्वराष्ट्रपति भण्डारीका ५ कुरा

