मन्त्री बन्न ठिक्क परेका बेला खगेन्द्र सुनारका विवादित पाटो पर्दाफास भएको छ। उनीविरुद्ध सुर्खेत र काभ्रे जिल्लाबाट पक्राउ पुर्जी जारी भएको पाइएको छ भने उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गरिएको छ। सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा र जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेका प्रमाण सार्वजनिक भएका छन्। यस्तै उनले अधिवक्ता मनीषा गौतमलाई अपशब्द प्रयोग गरेर फेसबुकमा लेखेको स्टाटस पनि सार्वजनिक गरिएको छ।
Posted inSamachar
मन्त्री बन्न ठिक्क परेका खगेन्द्र सुनार: दुई जिल्लाबाट पक्राउ पुर्जी, महिला अधिवक्तालाई गाली

