वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका हरिप्रसाद राई पाँच दिन अघिदेखि सम्पर्कविहीन भएका छन्। तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन २ गतेदेखि सम्पर्कविहीन भएका हुन्। यसअघि उनले मलेसियामै रहेका साँहिला दाजु हिमाल राईलाई साउन १ गते आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज पठाएका थिए। ‘मलाई सिध्याउने षड्यन्त्र गरेका छन्। बोस (मालिक) लाई नभन्नु । उसले थ
Posted inSamachar
मलेसियाबाट ‘मलाई बचाउनु दाइ’ भनेर म्यासेज लेखेका हरिप्रसाद सम्पर्कविहीन

