नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको 'मुनामदन' खण्डकाव्य नेपाली भाषामै हालसम्
Posted inSamachar
महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज

