क्यानेडियन टोलीकी फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छन्।उनले फुटबल क्लब आर्सनलसँग १० लाख पाउन्ड (झन्डै साढे १८ करोड रुपैयाँ) को सम्झौतामा हस्ताक्षर गरेकी हुन्। यसअघि उनी लिभरपुलसँग आबद्ध थिइन्।२० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्। अब उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चारवर्षे सम्झौता गरेकी हुन्। उनको सम्झौताले जनवरीमा अमेरिकी डिफेन्डर नाओमी गिरमासँग चेल्सीको सम्झौताको रेकर्ड तोडेको हो। चेल्
Posted inSamachar
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनिन् ओलिभिया स्मिथ

