नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमाथि मोरङको विराटनगरमा मसी छ्याप्ने युवाले त्यसलाई विरोधको शैली भनेका छन्। स्थानीय अर्पित कुँवरले कसैलाई निषेध नगरी आफूले विरोध भने जनाएको बताएका हुन्। 'विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन। मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झन्डा देखाएको हुँ' उनले भने। गएको भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा धेरैको ज्यान गएको र त्यसमा तत्कालीन सत्ताको मुख्य भूमिका रहेको भन्दै नेकपा एमालेको चौतर्फी विरोध गरिएको छ। क
Posted inSamachar
महेश बस्नेतको गाडीमा मसी हान्ने कुँवरले भने- विरोध गर्ने शैली हो

