नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आफ्नो नागरिकता छानबिन गर्न सरकारसँग माग गरेपछि जेनजीका अगुवा बनेका सुदन गुरुङले युवासंघका पूर्वअध्यक्ष एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतप्रति आक्रोश पोखेका छन्। शनिबार युवासंघका प्रवक्ता निरोज पौडेलले एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिने निर्णय गरेको र सरकारले नगरे आफूहरूले नै खोजी गरी यो विषय कानुनी प्रक्रियामा ल्याउने बताए
Posted inSamachar
महेश बस्नेतप्रति सुदन गुरुङको आक्रोश: १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईंको निधारमा टाँस्दिन्छु

