नेकपा माओवादीबाट अलग भएर छुट्टै अभियान घोषणा गरेका जनार्दन शर्माले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताएका छन्। मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै प्रतिस्पर्धा गर्न नदिने र नयाँ नेतृत्व स्थापित हुुन नदिन पार्टी एकताको नाटक गरेको समेत आरोप लगाए। ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्
Posted inSamachar
माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टी एकता गर्ने अधिकार छैन : जनार्दन शर्मा

