झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’ दमकको सरकारी जग्गा घोटाला काण्डमा भ्रष्टाचारी ठहर भएका छन्।दमकको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन गरेको अभियोगमा पुरी दोषी ठहर भएका हुन्। २ वटा मुद्दामा गरी १३ जना सरकारी कर्मचारीलाई प्रभावमा पारी उनले सार्वजनिक पर्ती जग्गा व्यक्तिमा नाममा सार्ने धन्दा चलाएको विशेष अदालतले ठहर गरेको छ।उनलाई एउटा मुद्दामा ३१ करोड ५२ लाख ५५ हजार ९७८ र अर्को मुद्दामा २० लाख ८३ हजार ६७१ गरी ३१ करोड ७३ लाख ३९ हजार रूपैयाँ जरिवाना अदालतले तोकेको छ। सा
Posted inSamachar
माओवादी नेता गगन पुरी दमक जग्गा घोटालामा भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो

