नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकआजलाई सकिएको छ। बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ।शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका नेताहरुले धारणा राखिसकेका छन्। उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार आजको बैठकमा जनार्दन शर्मा, अग्नि सापकोटा, हितमान शाक्य, हितराज पाण्डे, उर्मिला अर्याल, शक्ति बस्नेत, पम्फा भुसाल, कृष्णबहादुर महरा, डिलाराम आचार्य, नन्दबहादुर पुन लगायतले बोलेका थिए। भोलिको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मह
Posted inSamachar
माओवादी बैठकमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिव बोल्न बाँकी, भोलि फेरि बस्ने

