नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले बजेट विनियोजन गर्ने समयमा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको टिप्पणी गरिन्। उनले कर्णाली क्षेत्रका सडकलगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। सांसद तामाङले कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको क
Posted inSamachar
माओवादी सांसद तामाङ भन्छिन्ः बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छ

