नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक चौथो दिन पनि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ बोल्न बाँकी छ। आजको बैठकमा प्रचण्डले समिति सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिनेछन्। बैठक शुक्रबारदेखि सुरु भएको थियो। माओवादी स्थायी समितिमा ४६ जना सदस्य रहेका छन्।
Posted inSamachar
माओवादी स्थायी समिति बैठक सुरु, प्रचण्डले जवाफ दिएर आजै सकिने

